दफा ३४
अनुमतिपत्र निलम्बन गर्न सक्ने
(१) कुनै अनुमतिपत्र प्राप्त संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम विपरीत काम गरेमा वा बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा वा लगानीकर्ताको हित विपरीत काम गरेमा वा बोर्ड समक्ष पेश गर्नुपर्ने आर्थिक तथा कारोबार सम्बन्धी विवरण पेश नगरेमा बोर्डले अवधि तोकी त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निलम्बनमा रहेको अनुमतिपत्र प्राप्त संस्थाले निलम्बनको अवधिभर कारोबार गर्न सक्ने छैन ।